logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पपुवा न्युगिनीमाथि नेपालकाे राेमाञ्चक जित

    पपुवा न्युगिनीमाथि नेपालकाे राेमाञ्चक जित

    2.8K
    Shares

    काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदीवसीय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । ओमानस्थित अल अमरेत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले हरायो ।

    जितका लागि एक सय ३५ रनको सामान्य पछ्याएको नेपालले ३९.३ ओभरमा आठ विकेटको क्षतिमा विलय लक्ष्य पूरा गरेको थियो । सानो लक्ष्य पाएर पनि बीचमा हारतर्फ उन्मुख नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जिताए । रोहित पौडेलले सर्वाधिक ४१ रन बनाए । 

    सोमपालले अविजित २२ रन जोडेका थिए । यसअघि ओपनर कुशल भुर्तेलले १५ र आशिफ शेखले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा नेपालको पारी धरमराएको थियो । बलिङमा पपुवा न्युगिनीका लागि गौडी टोकाले तीन विकेट लिए । चाड सोपेर र डामिन राभुले दुई दुई विकेट लिए । नोसिना पोकानाले एक विकेट झारेका थिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३४ रन बनाएको छ । नेपाली बलर चम्किएको खेलमा पीएनजीका लिगा सिआकाले सर्वाधिक ३० रन बनाए । चार्लेस अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए । चाड सोपेरले अविजित १७ रन बनाए । यसैगरी किप्लिन डोरिगा १५, सेसे बाउ १४ र कप्तान असाद भाला ४ रनमा आउट भए । टोनी उरा र नोसिना पोकानाले एक एक रन बनाए । जासन किला र डामिनराभु शुन्य रनमा पेभेलियन फर्किएका थिए ।

    पीएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । पीएनजीविरुद्ध डेब्यु गरेका विक्रम सोब र कुशल मल्लले समान दुई दुई विकेट लिए । सोमपाल कामीले एक विकेट लिएका थिए । 

    दुई खेलको सिरिज अन्तर्गत नेपालले मंगलबार पीएनजीसँग पहिलो खेलेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि पीएनजीसँग सिरिज खेलेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend