logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • इपीएलको उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

    इपीएलको उद्घाटनमा ललितपुर र काठमाडौं भिड्ने

    1.5K
    Shares

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुने भएको छ । 

    आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ललितपुरले काठमाडौं प्रतिद्वन्द्वी पाएको हो । इपीएल असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । चौथो संस्करणको इपीएलमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोज सहभागी छन् । 

    सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायर राउन्डमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ । इपीएलको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend