logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • २४ घण्टामा थपिए १२७१ सङ्क्रमित : १४ को निधन

    २४ घण्टामा थपिए १२७१ सङ्क्रमित : १४ को निधन

    2.1K
    Shares

    काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो। 

    नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको। सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रहेका छन्। 

    पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १६ रहेका छन्। भई आज एक हजार ८४५ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन्। 

    अहिलेसम्म सात लाख ३५ हजार ६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका हुन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४।९ प्रतिशत रहेको छ। 

    सङ्क्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ। अहिलेसम्म १० हजार ९०३ जनाको सङ्क्रमणबाट ज्यान गएको छ। नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ। 

    हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा रहेका छन्। 

    नेपालमा आज ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend