logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • प्रेमिकाको अश्लील फोटो र भिडियो सार्वजनिक गर्ने पक्राउ

    प्रेमिकाको अश्लील फोटो र भिडियो सार्वजनिक गर्ने पक्राउ

    6.8K
    Shares

    काठमाडौं । सामाजिक सञ्जालमा प्रेमिकाको अश्लील फोटो र भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौं टोखा बस्ने सुजन जिरेललाई पक्राउ गरेको छ। 
    महानगरीय प्रहरी अपराध महाशाखाले जिरेललाई सोमबार काभ्रेकाे पाँचखालबाट पक्राउ गरेको हो। जिरेलले एक युवतीसँग प्रेम सम्बन्धमा भएका बेला खिचिएकोे अन्तरंग फोटो र भिडियोलाई फेसबुक र ईन्टाग्राममा राखेर चरित्र हत्या गरेको उजुरी पीडित युवतीले महाशाखामा दिएपछि प्रहरीले पक्राउ गरेको हो। 
    दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ८ घर भएका जिरेल पाँचखालमा लुकेर बसेका बेला महाशाखाले जिल्ला प्रहरी कार्यालय, काभ्रेसँग समन्वय गरेर नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रवक्ता एसपी कृष्ण प्रसाद कोईरालाले दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend