logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    १० बुँदे सहमतिपछि एमाले हुन पाउँदा खुसी भएँ : शाक्य

    १० बुँदे सहमतिपछि एमाले हुन पाउँदा खुसी भएँ : शाक्य

    3K
    Shares

    काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष तथा वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले काठमाडौंबाट सिंगो देशलाई पार्टी विभाजनविरुद्ध सन्देश दिएको बताएकी छन् ।

    अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै शाक्यले १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको पनि बताइन् ।

    शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस् ।’

    माधव नेपाललाई छाडेर एमालेमै बसेकी शाक्यले माओवादीसँग एकीकरणपछि तीन महिनाभित्र सबै कमिटीहरू बनाउने भनिए पनि त्यो नहुँदा पार्टी संगठन अस्तव्यस्त र अराजकतामा फसेको बताइन् ।

    नेतृ शाक्यले माधव नेपालले दु:ख गरेर जन्माएको पार्टी भएकाले उनलाई एमालेमै फर्किन आग्रह पनि गरिन् । उनले भनिन् ‘आफूले दु:ख गरेर जन्माएको पार्टी एमाले हो । समीक्षा गर्नुस्, फर्केर आउनुस् ।’

    शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरसः पालना गर्दै सबै कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै नेतृत्वले ठूलो छाती बनाउनुपर्ने धारणा पनि राखिन् ।

    एमाले बलियो हुनुपर्छ भनिरहँदा नेतृत्वबीच पनि एकता हुनुपर्ने भन्दै शाक्यले ओलीलाई फराकिलो छातीका साथ नेतृत्व गर्न आग्रह गरिन् । उनले प्यानल बनाएर लडेको चुनावले एमालाई कमजोर बनाएको भन्दै अब कहिल्यै प्यानल बनाएर चुनाव लड्न नहुने पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend