logo

२०८१ पुष २१ आइतबार

logo
  • आइतबार, २१ पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    एमालेकै सभामा बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?

    एमालेकै सभामा बादलको प्रश्न : मदन–आश्रितको हत्या किन भयो ?

    2.4K
    Shares

    काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको हत्या किन भयो ? भनेर प्रश्न गरेका छन् । 

    नेकपा एमाले काठमाडौ जिल्ला भेला तथा प्रशिक्षणलाई बिहीबार सम्बोधन गर्दै नेता थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको पनि बताए । नेकपा एमाले र माओवादी गठबन्धनको निर्वाचनपछि झण्डै दुई तिहाई मतसहित सरकारको गृहमन्त्री बनेका थापाले सरकारमा बस्दा भने मदन–आश्रितको हत्याको बारेमा एक शब्द बोलेका थिएनन् । 

    ‘५० सालमा मदन–आश्रितको हत्या  किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ’, थापाले भने, ‘मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’ उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरेका छन् । 

    थापाले एमालेबाट छुट्टिएको माधवकुमार नेपाल पक्षलाई ‘दक्षिणपन्थी समूह’ को संज्ञा पनि दिएका छन् ।  एमालेले समाजवादी धारको नेतृत्व गरिरहेकाले आफूहरुको विजय निश्चित भएको बताए । उनले आगामी दिनमा राज्यका सवै सत्तामा एमालेले कब्जा जमाउने दावी पनि गरे । थापा सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई फरक फरक दलको मान्यता दिएपछि माओवादी छाडेर एमालेमै बसेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend