काठमाडाैं । सरकारले चाडपर्वलाई लक्षित गरी देशबाहिरबाट आउने र देशभित्रै पनि कोभिड-१९ को जोखिम रहेका क्षेत्रबाट यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न भनेकाे छ ।
शुक्रबार मन्त्रालयले देशभरका हेल्थ डेस्क, गाउँपालिका तथा नगरपालिका, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, सातै प्रदेशका मन्त्रालयहरुलाई पोजिटिभ केसहरूको उचित व्यवस्थापनको प्रबन्ध गर्न निर्देशन दिएकाे हाे ।