काठमाडाैं । प्रदेश २ सरकारले असोज १३ गते बुधबार महिलालाई सार्वजनिक बिदा दिएको छ ।
मधेसका महिलाहरुको ठूलो पर्व जितियाको अवसर पारेर महिलाहरुलाई सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले सोमबार जितिया पर्वको शुभकामना दिँदै असोज १३ गते महिलाहरुलाई सार्वजनिक विदा दिने बताएका हुन् ।
सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वले प्रदेशभर आस्था र प्रेम कायम गरोस् भनी मुख्यमन्त्रीले शुभकामनासमेत दिएका छन् ।