logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • छाडा चार युट्युबर पक्राउ : महिलाको चरित्रहत्या गरेको आरोप

    छाडा चार युट्युबर पक्राउ : महिलाको चरित्रहत्या गरेको आरोप

    3K
    Shares

    काठमाडौं । युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा चार वटा युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

    पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ तुल्सीपुर घर भएर काठमाडौं गोकर्णेश्वर बस्दै आएका प्रदिप भण्डारी,  हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक नुवाकोट सर्यगढीका शिशिर अधिकारी, सराईचुली युट्युब मिडिया च्यानलका सञ्चालक मोरङ बेलबारीका पिंकला कार्की र मोर्डन अनलाईन टिभी युट्युब च्यानलका सञ्चालक दोलखा मेलुङका रोदन तामाङ छन्। 

    प्रहरीको साईबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार यी युट्युब च्यानलका सञ्चालकले महिलाको चरित्र हत्या हुने गरि उनीहरको ईज्जत प्रतिष्ठामै आँच पु¥याएको देखिएकाले पक्राउ गरिएको हो। पक्राउ परेका चारै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही गर्न अनुसन्धान थालिएको जानकारी एसएसपी अर्यालले दिए। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend