तनहुँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी अध्यक्षमा बसन्त पौडेल सर्वसम्मत चयन भएका छन् ।
तनहुँको डुम्रेमा भएको युवाहरुको बृहत भेलाले युवा व्यवसायी एवम् सञ्चारकर्मीसमेत रहेका पौडेलको अध्यक्षतामा ६३ सदस्यीय राष्ट्रिय युवा संघ बन्दीपुर गाउँकमिटी गठन गरेको हो ।
कमिटीको सहअध्यक्षमा जगलाल थापा चयन भएका छन् । भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रिय युवा संघ गण्डकी प्रदेश सचिव विकास अधिकारीले युवा संघलाई युवाहरुको आर्कषणको केन्द्र बनाइने बताए ।
राष्ट्रिय युवा संघका अध्यक्ष पौडेलले बन्दीपुर गाउँपालिकाका ६ वटै वडामा राष्ट्रिय युवा संघका कमिटीहरु गठन गरेर संगठनलाई व्यवस्थित र चुस्त बनाएर जनताको सेवामा लाग्ने बताए ।