काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानले केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको छ । राजधानीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मल्ललाई कार्यबहाक सचिवको जिम्मेवारी दिएको हो ।
यसैगरी, क्यानको वार्षिक साधारणसभा आगामी मंसिर २९ गते वार्षिक साधारणसभा गर्ने पनि निर्णय गरेको छ ।
यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएपछि खाली रहेको उक्त पदमा विज्ञापन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । १५ दिनको समय राखेर नयाँ प्रशिक्षकको आवेदन खुल्ला गर्ने निर्णय गरिएको बैठक पछि अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, नेपाल टी २० क्रिकेट लिग गर्नका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता पनि रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने जनाइएको छ । यस्तै, नोभेम्बरमा युएईमा हुने आईसीसी महिला टी २० विश्वकप एसियाली छनोटका लागि बन्द प्रशिक्षण अक्टोबर २० देखि काठमाडौंमा सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।