logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जित, मिलान पराजित

    एट्लेटिकोमाथि लिभरपुलको नाटकीय जित, मिलान पराजित

    1.7K
    Shares

    काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘बी’को नाटकीय खेलमा १० खेलाडीमा सीमित स्पेनिस एट्लेटिको मड्रिडमाथि ३-२ को जित हासिल गरेको छ । 

    मंगलबार राति घरेलु मैदानमा एट्लेटिकोका लागि दुई गोल गरेका एन्टोनी ग्रिजम्यानले ५२ औं मिनेटमा सोझै रातो कार्ड सामना गरेपछि एट्लेटिकोले बाँकी समय १० खेलाडीमा सीमित भएर संघर्ष गर्नुपरेको थियो । 

    लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नाबी केइटाले एक गोल गरे । पराजित एट्लेटिकोको लागि दुबै गोल रातो कार्ड सामना गरेका ग्रिजम्यानले गरे । 

    खेलको आठौं मिनेटमा मोहम्मद सालाहले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नाबी केइटाले २-० को अग्रता बनाए ।

    तर, खेलको २० औं मिनेटमा पहिलो गोल गरेका ग्रिजम्यानले ३४ औं मिनेटमा गोल गर्दै खेललाई मध्यान्तरमा २-२ को  बराबरीमा ल्याएका थिए । 

    ७८ मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै अवे खेलमा महत्त्वपूर्ण तीन अंक दिलाए ।

    समूह बी को अर्को खेलमा मंगलबार राति एफसी पोर्टोले एसी मिलानमाथि १-० को जित हासिल गर्‍यो । पोर्टोलाई घरेलु मैदानमा जित दिलाउन लुइस डियाजले ६५ औं मिनेटमा निर्णायक गोल गरे ।

    ३ खेलमा ९ अंक जोडेको लिभरपुल समूहको शीर्ष स्थानमा रहँदा समान ४ अंक जोडेको एट्लेटिको र पोर्टो दोस्रो र तेस्रो स्थानमा छन् । मिलानले अंकको खाता खोल्न सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend