logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पहिलोपटक मानिसको शरीरमा सुँगुरको मिर्गौला सफल प्रत्यारोपण

    पहिलोपटक मानिसको शरीरमा सुँगुरको मिर्गौला सफल प्रत्यारोपण

    2.7K
    Shares

    एजेन्सी । अमेरिकामा पहिलोपटक मानव शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको छ । ‘ब्रेन–डेथ’ भएकी एक महिलामा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएकाे समाचार संस्था राेयटर्सले उल्लेख गरेकाे छ ।

    ती महिलाको मिर्गौलालेसमेत काम नगरिरहेको अवस्थामा परिवारले सुँगुरको मिर्गौला प्रत्यारोपणका लागि प्रयोग गरेर हेर्ने अनुमति दिएका थिए ।

    मिर्गौलामा समस्या देखिएकी महिलामा प्रत्यारोपणभन्दा पहिले असामान्य ‘क्रिएटिनाइन लेभल’ रहेको थियो । जुन कमजोर मिर्गौलाको संकेत हो । तर, सुँगुरको मिर्गौला प्रत्यारोपण गरिसकेपछि भने उक्त स्तर सामान्य अवस्थामा फर्किएको शल्यक्रियाको नेतृत्व गरेका डाक्टर रोबर्ट मोन्टगोमेरीले जनाएकाे समाचारमा उल्लेख छ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend