logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बेलायती महारानी एलिजाबेथ ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना

    बेलायती महारानी एलिजाबेथ ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना

    3.3K
    Shares

    लण्डन । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् ।  महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि तय गरिएको भ्रमण रद्द गरेपछि बुधबार राति अस्पतालमा भर्ना भएकी थिइन् ।

    ९५ वर्षिया महारानीको लण्डनस्थित निजी किङ एडर्व सातौं अस्पतालमा उपचार भएको थियो । उनी विगत ८ वर्षपछि पहिलो पटक अस्पतालमा भर्ना भएकी थिइन् । 

    उनीले बिहीबार दिउँसो महारानीको कार्यालय विन्डसर क्यासल फर्किएर काम गरेकी थिइन् । उनको उपचार कोडिभ-१९ सँग सम्बन्धीत नभएको स्थानिय मिडियाले जनाएका छन् । 
     
    चिकित्सकले उनलाई एक साता आराम गर्न सल्लाह दिइएका छन् ।

    महारानीले मंगलबार साँझ विन्सर क्यासलमा आयोजिक एक कार्यक्रममा  प्रिन्स चार्ल्स, प्रिन्स विलियम र प्रधानमन्त्री बोरिस जोन्सन, बिल गेट्स र अमेरिकी जलवायु दूत जोन केरीसँग भेट गरेकी थिइन् ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend