logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अमेरिकी सेनाद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

    अमेरिकी सेनाद्वारा ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको दाबी

    1.7K
    Shares

    एजेन्सी । अमेरिकी सेनाले उत्तर-पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ ।

    अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल-मातार ड्रोन हमलामा मारिएको बताएका छन् । उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछि भएको हो । 

    अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते वा मारिएका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend