logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नयाँ कीर्तिमान सहित नासिर बिश्व च्याम्पियनसिपमा छनोट 

    नयाँ कीर्तिमान सहित नासिर बिश्व च्याम्पियनसिपमा छनोट 

    2.5K
    Shares

    काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमान  सहित अवुधावीमा आयोजना हुने १५औं फिना विश्व च्याम्पियनसिपका लागि छनोट भएका छन् । 

    नेपाल पौडी संघले आइतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान बनाए । उनी ५९९ फिना अंकका साथ बिश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । 

    यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनट ००.०४ सेकेण्डको किर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान  २ बर्षअघि काठमाडौंमा आयोजना भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

    दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पियकमा सहभागि भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिकलाई उनीहरु उच्च शिक्षा अध्ययनका लागि बिदेशमा रहेकोले उनीहरुको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाईरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई बिश्व च्याम्पियनसिपमा छनोट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनोट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

    दुई महिला तर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि  छनोट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अंकका साथ छनोट हुन सफल भएका हुन् ।

    सोही  छनोट क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय किर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेण्डमा पुरा गरेका थिए । यस अघि उक्त दूरीको किर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेण्डको रहेको थियो । शाहले उक्त किर्तिमान नेपालगञ्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend