logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चीनमा फेरि बढ्यो कोभिड, बेइजिङ म्याराथुन स्थगित

    चीनमा फेरि बढ्यो कोभिड, बेइजिङ म्याराथुन स्थगित

    2.6K
    Shares

    एजेन्सी, बेइजिङ । चीनले कोभिड संक्रमण बढेको जनाउँदै बेइजिङ म्याराथुन स्थगित गरेको छ । सरकारका एक वरिष्ठ अधिकारीले चीनमा फेरि कोभिड महामारी फैलिने चेतावनी दिइरहेका बेला सरकारले म्याराथुन स्थगित गरेको हो । 

    अहिलेसम्म चीनका ११ प्रान्तमा कोभिड फैलिएको छ । सबै प्रान्तमा गरेर १३३ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैमा सजिलै सर्ने डेल्टा भेरिअन्ट देखिएको जनाइएको छ । पछिल्लो संक्रमण दर यसै वर्षको अगस्टमा नान्जिङ प्रान्तको महामारीपछिकै ठूलो बताइएको छ । सरकारले भाईरसप्रति सरकारको शून्य सहनशीलता रहने बताउँदै आएको छ । 

    कति महत्वपूर्ण छ बेइजिङ ओलम्पिक ?
    सन् १९८१ देखि वर्षेनी आयोजना गरिने यो ओलम्पिक चीनमा महत्वपूर्ण मानिन्छ । यो ओलम्पिक वर्षेनी तायनामेन स्क्वायरमा सुरु हुन्छ र बेइजिङको ओलम्पिक पार्कस्थित सेलिब्रेसन स्क्वायरमा सम्पन्न हुन्छ । 

    अक्टोबर ३१ बाट सुरु हुने सो ओलम्पिकमा करिव ३० हजार मानिसको सहभागीता हुने अनुमान गरिएको थियो । ‘महामारी थप फैलिनबाट रोक्न र धावकको स्वास्थ्य र सुरक्षा गर्न खेल रद्द गरिएको म्याराथुन आयोजकले बताएका छन् ।

    अन्य प्रान्त र सहरबाट भ्रमणमा अएका समूहबाट पछिल्लो महामारी फैलिएको जनाइएको छ । महामारी बढेपछि सरकारले यात्रा प्रतिबन्ध लगाउनुका परीक्षणलाई तीब्रता पारेको छ । 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend