logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चीनमा काेराेना संक्रमण, ४० लाख जनसंख्या भएको एउटा शहरमा पुनः लकडाउन

    चीनमा काेराेना संक्रमण, ४० लाख जनसंख्या भएको एउटा शहरमा पुनः लकडाउन

    1.7K
    Shares

    एजेन्सी । चीनमा ४० लाखको जनसंख्या भएको एउटा शहरमा मंगलबारदेखि पुनः लकडाउन लागू गरिएको छ । शहरमा कोरोनाको संक्रमण बढेपछि पुन: लकडाउन गरिएकाे हाे ।

    त्यहाँका जनतालाई आपतकालीन स्थितिमा मात्रै बाहिर निस्कन अपिल गरिएको छ । चीनमा संक्रमितको संख्या निकै कम छ तर गासू प्रान्तको राजधानी लानजूमा सावधानी स्वरुप लकडाउन लागू गरिएको हाे ।

    सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लानजूका ६ जना मात्र रहेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार शहरका अधिकारीले लानजूमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताइएकाे छ । 

    चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ । स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेपछि संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend