logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • जापानी राजकुमारी माको जसले विवाहका लागि त्यागिन् राजकीय पदवी

    जापानी राजकुमारी माको जसले विवाहका लागि त्यागिन् राजकीय पदवी

    1.4K
    Shares

    एजेन्सी । अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । 

    जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । 

    माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । 

    माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए  । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।  

    ३० वर्षीय कुमुरोले अमेरिकामा  अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो । 

    जापानको क्योदो समाचार संस्थाका अनुसार यो जोडीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend