logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी टी-२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, न्यूजिल्यान्ड ५ विकेटले पराजित

    आईसीसी टी-२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, न्यूजिल्यान्ड ५ विकेटले पराजित

    2.8K
    Shares

    काठमाडौं । पाकिस्तानले आईसीसी टी(२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  । मंगलबार  राति भएको सुपर १२ को समूह ‘बी’मा रहेको पाकिस्तानले न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

    जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमै पूरा गर्‍यो । टस जितेर बलिङ गरेको  पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे ।
    न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।

    त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

    न्यूजिल्यान्डका डेभन कन्वेले  सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे  ।
    पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले  सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए ।

    पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले पराजित गरेको थियो । सुपर १२ को समूह ुबीुमा पाकिस्तान २ खेलमा २  जित साथ ४ अंकसहित शीर्ष स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend