logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • यी शिक्षक जसले पोर्न वेबसाईटमा अनलाईन कक्षा होस्ट गर्छन् 

    यी शिक्षक जसले पोर्न वेबसाईटमा अनलाईन कक्षा होस्ट गर्छन् 

    2K
    Shares

    एजेन्सी,  ताइपेय । कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए । महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे । ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन् । गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अललाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन् । 

    चाङशुम्याथ ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ । उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ । 

    रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन् । उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन् । सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए । तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन् । गत वर्ष उनले अलि फरक गर्ने निधो गरे । उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे । 

    चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ । ’ सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन् । हरियो बोर्डमा  हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन् । 

    आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ । मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन् ।’ 

    अहिले उनको आम्दानी पनि राम्रो भएको छ । उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन् । जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ । चााङुशुका अनुसार उनको  पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन् ।  उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ । तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend