logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • विश्व इतिहासमा आज : यी हुन् केही महत्वपूर्ण घटना 

    विश्व इतिहासमा आज : यी हुन् केही महत्वपूर्ण घटना 

    3.1K
    Shares

    आज अक्टोबर २८ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण घटना 

    अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति
    सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

    मेट्रो स्टेशनमा आगोलागी
    सन् १९९५ मा अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगोलागी भएको थियो । सो आगोलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ । पुरानो वायरिङ प्रणालीका कारण भएको आगोलागीका कारण रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो ।

    जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला
    जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार  यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो ।

    हंगेरीको स्वतन्त्रता

    सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो । मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो । पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो । उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए ।

    अमेरिकामा मदिरामा प्रतिबन्ध
    सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । भोस्टिड एक्ट नामक सो कानून अनुसार औषधी र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैरकानून घोषित गरिएको थियो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend