logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रिलिज भएनन् नयाँ नेपाली फिल्म

    रिलिज भएनन् नयाँ नेपाली फिल्म

    2K
    Shares

    काठमाडौं । नेपालमा हल खुले पनि नेपाली फिल्म दर्शकले हेर्न पाएका छैनन् । डाँडाको वरपीपल र धन्दागिरी दसैँमा प्रदर्शनमा आए पनि त्यसमा दर्शकको आकर्षण देखिएन । फलस्वरूप नेपाली फिल्म हेर्न दर्शक हलमा आएनन् । किनकि यी फिल्म कोरोना भाइरसको महामारी अगाडि नै प्रदर्शनमा आए पनि व्यापार यस्तै नै हुन्थ्यो ।

    महामारीको मारमा रहेका हलमा दर्शकले हेर्न चाहेको नेपाली फिल्म प्रदर्शन नहुँदा हलिउडकै दबदबा रहेको छ । हलले विदेशी फिल्मकै भर परिरहेका छन् भने दर्शक पनि विदेशीमै रमाइरहेका छन् । फास्ट एन्ड फ्युरियस ९, जेम्स बोन्ड : नो टाइम टू डाइ पश्चात यो साताको शुक्रबार पनि बलिउडकै फिल्महरू रिलिज हुने भएका छन् । 

    ‘भेनम : लेट देयर बि कार्नेज’ र ‘ड्युन’ प्रदर्शन हुने जानकारी हलहरूले दिएका छन् । यी दुई नै हलिउड फिल्म हुन् । टम हार्डी स्टारर भेनमको पहिलो शृंखलाको सफलतापछि आएको दोस्रो सिरिजलाई प्रदर्शन भइसकेको अन्य देशमा रुचाइएको छ । फिल्ममा ब्ल्याक र रेड भेनमको रोमान्चक लडाइँ दर्शकले रुचाउने छन् । साइन्स फिक्सन र एड्भेन्चर जनराको भेनमले नेपाली सेन्सर बोर्डबाट पीजी प्रमाणपत्र पाएको छ भने तिमोर्थी चार्लामेट स्टारर एक्सन-ड्रामा ‘ड्युन’ले पनि पीजी नै पाएको छ । 

    आउँदो दीपावलीलाई लक्षित गर्दै नेपाली फिल्मतर्फ चोर पुलिस र धुम ४ रिलिज हुने घोषणा भएका छन् । यस्तै, भारतीय फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउने छ । यद्यपि यसको प्रदर्शन नेपालमा हुन्छ वा हुँदैन भन्ने अझै अन्याेल नै छ । तर, हलिउड फिल्म मार्भल स्टुडियाेको साङ्ची प्रदर्शन हुने भएको छ । याे फिल्म नोभेम्बर ५ मा नेपालमा प्रदर्शन हुनेछ । मार्भलका फ्यानले यसलाई हेर्ने विश्वास गरिएको छ । नेपाली बक्सअफिसमा घरेलु फिल्मको उपस्थिति लगभग शून्य झैँ भएकाले हलिउड फिल्मले मात्र हलको अस्तित्व जोगाइदिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend