काठमाडाैं । मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छाेरा आर्यन खानले जमानत पाएका छन् ।
गएकाे मङ्गलवारदेखि आर्यन खानकाे जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेकाे थियाे । गएकाे तीन हप्तादेखि आर्यन खान जेलमा थिए । यस मामिलामा आर्यनसहित अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् ।
पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानकाे पैरवी गरेका थिए । बिबिसी हिन्दीले उल्लेख गरे अनुसार फैसलापछि मुकुल रोहतगीले भने, ‘विस्तृत आदेशकाे कपी शुक्रबार दिइनेछ । शनिबारसम्म सबै जेलबाट बाहिर हुने आशा छ ।’
आर्यन खानलाई एक क्रुजमा भएकाे कथित रेभ पार्टीकाे मामिलामा नारकाेटिक्स कन्ट्राेल ब्युराे एनसीबीले गएकाे अक्टाेबर तीन मा पक्राउ गरेकाे थियाे । खानकाे जमानत निवेदन यसअघि दुई पटक खारेज भएकाे थियाे ।