काठमाडौँ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको छ ।
अहिलेसम्म ५० लाख ३ हजार बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । २४ घण्टामा मात्रै विश्वभर ७ हजार बढीको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५० लाख नाघेको हो ।
वल्डोमिटरका अनुसार अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ४ करोड ६७ लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ६६ लाख निको भएका छन् ।
अमेरिकामा मात्रै ७ लाख ६५ हजारको मृत्यु भएको छ । यस्तै ३ करोड ४२ हजारमा कोरोना पुष्टि भएको भारतमा ३ करोड ३६ लाख निको भएका छन् । ४ लाख ५७ हजारको भने मृत्यु भएको छ ।
संक्रमितका हिसावले तेस्रो स्थानमा रहेको बेलायतमा भने कोरोनाले ज्यान गुमाउनेको संख्या अमेरिका पछि दोस्रो स्थानमा छ। ब्राजिलमा अहिलेसम्म ६ लाख ७ हजारको मृत्यु भइसकेको छ । त्यहाँ अहिलेसम्म २ करोड १७ लाखमा कोरोना हुँदा २ करोड ९८ हजार निको भएका छन् ।
विश्वभर २४ करोड ६७ लाख बढीमा कोरोना पुष्टि हुँदा २२ करोड ३५ लाखले कोरोना जितेका छन् ।