logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आईओएफटीसी अमेरिकाको मिचिगनमा

    आईओएफटीसी अमेरिकाको मिचिगनमा

    1.7K
    Shares

    काठमाडौं । अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३औं संस्करण अमेरिकाको मिचिगनमा हुने भएको छ । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघले पत्रकार सम्मेलन गरी प्रतियोगिता मे १३ देखि १४ तारिखसम्म हुने प्रतियोगिता संयोजक लवप्रसाद गोर्खालीले जानकारी गराए ।

    यसअघि प्रतियोगिता २०२० को मे १ र २ तारिखका लागि मिचिगनमै हुने तय भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण स्थगित गरिएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट सहभागी हुने पाँच खेलाडी समेत छनोट गरिएको थियो ।

    ‘नयाँ छनोट गर्ने वा तिनै खेलाडीलाई सहभागी गराउने भन्ने विषयमा टुंगो लागेको छैन । उनीहरुको ट्रेनिङको अवस्था बुझ्छौं अनी छलफल गरेर निर्णय गछौं ।’ संयोजक गोर्खालीले भने, ‘छनोट गरेको लामो समय भएकाले सक्भर नयाँ छनोट गर्नेमै हाम्रो जोड हुने छ ।’

    प्रतियोगितामा विभिन्न २० देशका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । सिनियर र जुनियरमा गरी ६५ स्वर्ण, ६५ रजत र एक सय ३० कांस्यका लागि प्रतिस्पर्धा हुने छ । ३ पुरुष र २ महिला गरी नेपालबाट ५ खेलाडीलाई सहभागी गराइने छ ।

    विगतका १२ संस्करण मध्ये अमेरिकामा ५, नेपालमा ४ तथा भारत, बेलायत र हङकङमा १–१ पटक प्रतियोगिता भएको थियो । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड २० लाख रुपैयाँ खर्च हुने छ ।

    पलेसालाई एक लाखको सम्मान 

    यसैबीच अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले टोकियो पारालिम्पक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई एक लाख एक हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरेको छ ।

    टोकियो पारालिम्पकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशा मुख्य ‘ड्र’ को पहिलो खेलमा बेलायतकी खेलाडीसंग पराजित भएकी थिइन् । रिपाचेजमा पुनः अवसर पाएकी पलेशाले पहिलो खेलमा अमेरिका र दास्रोेमा सर्बियाकी खेलाडीलाई हराउदै कांस्य पदकनजिक पुगेकी थिइन् ।

    कांस्य पदकको भिडन्तमा पलेशा चीनकी खेलाडीसंग चुकेकी थिइन् । पलेशासंगै प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक बिष्टलाई पनि जनही ५१ हजार रुपैयाँबाट सम्मान गरिएको थियो । कार्यक्रममा पलेशाको प्रशिक्षणका बेला फिजियोथेरापिस्ट रहेकी नेहा शाह, नेपालका पारा तेक्वान्दो खेल स्थापनाको लागि योगदान पु¥याएवापत जनार्जन ढुंगेललाई पनि सम्मान गरिएको थियो । 

    उनीहरुलाई संघीय सांसद नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान गरेका थिए । 

    3.JPG

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend