logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • यू-२३ फुटबल : सान्त्वना जितको खोजीमा नेपाल, लेबनानसँग भिड्दै

    यू-२३ फुटबल : सान्त्वना जितको खोजीमा नेपाल, लेबनानसँग भिड्दै

    1.7K
    Shares

    काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।
    प्रतियोगिताको तेस्रो खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने  खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

    नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

    लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद् अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद् अन्त्य गर्न चाहन्छ ।

    छनोटको समूह ‘बी’ मा इराक र ताजकिस्तान बिजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान  २ खेलबाट ६ अंक रहेको छ । नेपाल र लेबनान भने अंक बिहिन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

    नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  

    नेपाली २३ टोली:
    गोलरक्षक: अर्पण कार्की (कप्तान), विशाल सुनार, अभिषेक बराल
    डिफेण्डर: सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बु

    मिडफिल्डर: नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट
    स्ट्राइकर: ऋतिककुमार खड्का, मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चन


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend