logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • हाइ अल्टिच्युड रेस्लिङमा चट्टान बने नयाँ हेभी वेट च्याम्पियन

    हाइ अल्टिच्युड रेस्लिङमा चट्टान बने नयाँ हेभी वेट च्याम्पियन

    2.3K
    Shares

    काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा बिभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीबीच प्रतिस्प्रधा भएको थियो । 

    प्रतियोगितामा हेभी वेट च्याम्पीयनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहित आरडब्लू बेल्ट प्राप्त गरेका छन । 

    प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

    लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । 

    बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् । विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले पुरस्कार वितरण गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend