logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • जापानमा जोकरको पोसाकमा रेलभित्र चढेर अन्धाधुन्दा चक्कु प्रहार, १७ यात्रु घाइते

    जापानमा जोकरको पोसाकमा रेलभित्र चढेर अन्धाधुन्दा चक्कु प्रहार, १७ यात्रु घाइते

    3.4K
    Shares

    एजेन्सी, टोकियो । जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए । 

    आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ । 
    चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ । 

    रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए । एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए ।

    आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए । सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend