काठमाडौं । एफडी खुमलटार भेट्रान्स क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसीले प्रथम मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको फाइनलमा खेलमा झापाले खुमलटारलाई २–१ गोल अन्तरले हरायो । प्रतिस्पर्धात्मक खेलमा झापालाई जिताउन श्यामकुमार घोलेले दुई गोल गरे । यस्तै खुमलटारको लागि कप्तान नरेन्द्र लामाले सान्त्वना गोल फर्काए ।
झापा अपराजित रहँदै विजेता बन्न सफल भएको हो । उपाधिसँगै झापाले पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता खुमलटारले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
लिगकप नकआउट प्रणालीमा खेलाएको यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो ।