काठमाडौं । भ्रमणकारी टोली म्यानचेस्टर सिटीले इंग्लीस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ ।
युनाईटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा सिटी २–० गोल अन्तरले विजयी भएको हो ।
खेलमा युनाईटेडका इरिक बेलीको आत्मघाती गोल गर्दा अर्को गोल सिटीका बर्नाण्डो सिल्भाले गरे ।
खेलको ७ औ मिनेटमा बेलीले आत्मघाती गोल गरेका थिए । बर्नान्डो सिल्भाले खेलको ४५ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
जितसँगै ११ खेलमा २३ अंक बनाएको सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अंक बोकेको युनाइटेड पाँचौ स्थानमा छ ।