logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको निर्णय

    थप एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको निर्णय

    2.2K
    Shares

    काठमाडौं । सरकारले एक करोड मात्रा कोरोनाविरुद्धको खोप खरिद गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १२ वर्ष भन्दा माथिको उमेर समूहलाई लगाउन मिल्ने गरी एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले खोप खरिदका लागि मन्त्रिपरिषदबाट पास गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको बताए । 

    करिब ६० लाख फाइजर र ४० लाख मोर्डना खोप खरिद गर्न लागिएको हो। १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको हो । कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ । 

    सरकारले चैतभित्र सबै नागरिकलाई कोरोनाविरूद्ध खोप लगाइसक्ने बताउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend