logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सेमिफाइनल प्रवेशका लागि गौरीगंगा र रोङ तथा गोदावरी र कनकाई भिड्दै

    सेमिफाइनल प्रवेशका लागि गौरीगंगा र रोङ तथा गोदावरी र कनकाई भिड्दै

    1.5K
    Shares

    काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज बुधबार क्वाटरफाइनलका दुई खेल आयोजना हुँदैछन् । 

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको पहिलो खेलमा १२ बजे कैलालीको गौरीगंगा नगरपालिका र इलामको रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

    गौरीगंगाले प्रतियोगिताको प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएको थियो । रोङ गाउँपालिकाले भने तुलसीपुर उपमहानगरपालिकालाई ४१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरेको हो ।  

    रोङलाई राष्ट्रिय खेलाडी इन्दिरा राई, दीपा राई, विमला विक तथा गोलरक्षक रुपा राना मगरको साथ रहनेछ । गौरीगंगामा पनि राष्ट्रिय टोलीका सदस्य मञ्जलीकुमारी योञ्जन, हेमाकुमारी चौधरी, मोनिका कुस्वारसहिको प्रभाव पर्नेछ । 

    आज दिउँसो ३ बजे कैलालीको गोदावरी नगरपालिका र झापाको कनकाई नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । गोदावरीले प्रिक्वाटरफाइनलमा ‘बाई’ पाएर सीधै अन्तिम आठको खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । कनकाईले भने प्रिक्वाटरफाइनलमा  सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो । 

    गोदावरीविरुद्ध कनकाईलाई कुशुम खतिवडा सहित राष्ट्रिय लिग खेलिसकेका खेलाडीको साथ छ । गोदावरीमा विभागीय खेलाडी विमला चौधरी, हिमा चौधरी, शर्मिला थापासहित छन् ।

    प्रतियोगिता उपाधिका लागि प्रतिस्पर्धा गर्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् । राष्ट्रिय लिगमा  यस पटक ८ टोलीको सहभागीता रहनेछन् । 

    उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको विजेताले ५ लाख पाउँदा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend