logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • थाइल्यान्डमा सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई देशद्रोहको मुद्दा लगाइँदै

    थाइल्यान्डमा सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई देशद्रोहको मुद्दा लगाइँदै

    1.4K
    Shares

    एजेन्सी, वैंकक । थाइल्यान्डमा सरकारको विरोधमा उत्रिएका व्यक्तिविरुद्ध देशद्रोहको मुद्दा लाग्ने भएको छ । विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई लक्षित गर्दै संवैधानिक अदालतले सो फैसला गरेको हो । नयाँ संविधान र शाही सुधारको माग गर्दै विपक्षीले १८ महिनादेखि सरकारविरोधी प्रदर्शन गरिरहेका छन् ।

    अदालतको फैसलासँगै सरकारलाई प्रदर्शनकारी नेतालाई शाही कानुन उल्लंघन गरेको अभियोगमा देशद्रोहको मुद्दा चलाउने ढोका खुलेको छ । विशेष अदालतका न्यायाधीशहरुको एउटा समुहले सुधारको माग गर्दै आन्दोलन चर्काउनु केवल राजतन्त्रको निन्दा मात्र नभएको बताएका छन् ।  

    आन्दोलनरत नेताहरुको  अभिव्यक्ति संवैधानिक राजतन्त्रलाई हटाउनेतर्फ लक्षित रहेको भन्दै विशेष अदालतका न्यायाधीश विरोन सांगटियानले भनेका छन, ‘संविधानमा गरिने शाही सुधारले राजतन्त्रलाई असम्मानित अवस्थामा लैजान्छ र सर्वसाधाराणमाझ राजतन्त्रप्रति अनादरको भाव बढ्छ ।’

    प्रतिबादीका तर्फबाट वहस चलाएका वकिल क्रिसदाङ नटचारुटले विशेष अदालतको फैसला थाइल्यान्डको इतिहासमा नै कालो दिन भएको बताए । ‘मृत्युदण्ड भन्दा यो फैसला फरक छैन् ।’ उनले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend