हुम्ला । हुम्लाबाट नेकपा (एमाले) को दशौं राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । १०–१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि हुम्लाबाट प्रतिनिधिको टुंगो लागेको हो ।
खुलातर्फ दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजंग तामाङ महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिलातर्फ सौमति रावल, रुपा शाही र सुनमति परियार महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।