logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • फ्रेन्च लिगमा पीएसजीको जित

    फ्रेन्च लिगमा पीएसजीको जित

    2.1K
    Shares

    काठमाडौं । स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

    पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले अघि रह्यो ।

    खेलको ८७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।

    यसघि खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो ।

    खेलको ७६औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १– १ गोलको बराबरीमा ल्याएका थिए । 

    जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै  शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend