logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • चीनले साना देशलाई कहिल्यै धम्की दिन्नः सी जिनपिङ

    चीनले साना देशलाई कहिल्यै धम्की दिन्नः सी जिनपिङ

    3.1K
    Shares

    एजेन्सी, बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि धम्की नदिने बताएका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन ९आसियान० को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो धारणा व्यक्त गरेका हुन् । ‘चीनले साना देशहरुलाई कहिल्यै धम्की दिन्न । हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं,’ उनले भने । 

    दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो । चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन् । 

    दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ । 

    सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन् । गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको  सेनाले सत्ता नियन्त्रणमा लिएको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend