logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीन 

    विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीन 

    1.7K
    Shares

    एजेन्सी, नयाँ दिल्ली । विश्वका १०० ओटा प्रदूषित सहरमध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वको वायुहरुको गुणस्तर मापन गर्ने निकाय आइक्यू एयरले सो जानाकारी दिएको हो ।

    आइक्यू  एयरका अनुसार सन् २०२० मा विश्वका १०० सहरमध्ये ४६ प्रदूषित सहर भारतका थिए । त्यस्तै चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा चार, इन्डोनेसियामा र थाइल्याण्डमा  एक एक ओटा प्रदूषित सहर थिए । यी सबै दक्षिण एसियाली देश हुन् ।

    आइक्यूका अनुसार गाजियावाद भारतको सवैभन्दा प्रदूषित सहर हो । त्यस्तै, चीनको सहर होटान र पाकिस्तानको लाहोर त्यहाँका सर्वाधिक प्रदूषित सहर हुन् । लाहोर विश्वकै प्रदूषित सहरको सूचीमासमेत पर्छ । 

    सन् २०२० मा होटानमा सबैभन्दा खराब अर्थात औसत वायु गुणस्तर ११०.२ थियो ।

    आइक्यू एयरका अनुसार चीन र भारत विश्वमै सवैभन्दा बढी कार्बन उत्र्सजन गर्ने देश हुन् । तर, पछिल्ला वर्षमा पाकिस्तानको वायु गुणस्तर पनि निकै खस्किएको छ । 

    भारतको नयाँ दिल्लीमा  प्रदूषणका कारण त्यहाँका विद्यालय तथा कलेज र कारखाना बन्द गरिएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्न थालेका छन् । प्रदूषण नियन्त्रण नभए सरकारले लकडाउनसम्मको तयारी गरेको छ । 

    नयाँ दिल्लीमा मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२।५ कणहरू विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३४ गुणा बढी छ । हिउँदमा किसानहरूले जलाउने पराल र डाँठका कारण हरेक वर्ष भारतीय सहर थप प्रदूषित बन्ने गरेका छन् ।
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend