एजेन्सी, नयाँ दिल्ली । गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । २० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरुलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो ।
प्रहरीले अमेजन इन्डियामा कार्यकारी निर्देशकमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको हो । उनीहरुले स्टिभियाको पात भन्दै अमजेनमार्फत भाङ बेचेका थिए ।
यसैबीच, अमेजनले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी बस्तु बेच्न राख्न नपाइने भन्दै त्यस्तो कार्यमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । गैरकानुनी बस्तु बिक्री गरिएको विषयमा अनुसन्धान गरिएको पनि अमेजनले जनाएको छ ।