logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इंग्लिस प्रिमियर लिगः चेल्सी, सिटी र लिभरपुलको जित 

    इंग्लिस प्रिमियर लिगः चेल्सी, सिटी र लिभरपुलको जित 

    1.8K
    Shares

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी, म्यानचेष्टर सिटी र लिभरपुलले हात पारेका छन् ।  राति भएको १४औँ चरणको खेलसँगै तीनै टोलीले उपाधि सम्भावना कायमै राखेका छन् ।

    जितसँगै चेल्सीले शीर्ष स्थानमा कायम राखेको छ भने सिटी र लिभरपुलले चेल्सीलाई पछ्याइरहेका छन् । भ्रमणकारी टोली चेल्सीले बाटफोर्डलाई २–१ अन्तरले पराजित गर्‍यो । चेल्सीको दशौं जितमा मासोन माउन्टले २९ मिनेट र हाकिम जिएचले ७२ मिनेटमा गोल गरे । बाटफोर्डको लागि इमानुयल डेनिसले ४३ औँ मिनेटमा सान्त्वना गोल गरे । 

    अर्को खेलमा घरेलु टोली एष्टन भिल्लालाई म्यानचेष्टर सिटीले २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा यथावत रह्यो । सिटीको जितमा रुवेन डियासले खेलको २७ औँ र बर्नाण्डो सिल्भाले ४३ औँ मिनेटमा गोल गरे । स्टेभन जेरार्डको प्रशिक्षणमा रहेको भिल्लाको लागि ओलीइ वाट्किन्सले ४७ मिनेटमा  गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

    लिभरपुलले घरेलु टोली एभर्टनलाई २–१ ले पराजित गर्‍यो । लिभरपुलको जितमा मोहम्मद सलाहले २ तथा जोर्डन हेण्डर्सन र डिअगो जोटाले १–१ गोल गरे । एभर्टनको लागि डेमराई ग्रेले सान्त्वना गोल गरे ।

    अन्य खेलमा साउथह्याम्पटन र लेष्टर सिटीले २–२ को बराबरी खेल्दा वेष्ट ह्याम युनाईटेड र ब्राईटनले १–१ गोलको बराबरी खेले भने उल्भ्सले बर्नलीसँग गोलरहित बराबरी खेल्यो ।  

    खेलसँगै चेल्सी १४ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा छ । ३२ अंकसहित सिटी दोस्रो स्थानमा छ भने लिभरपुल ३१ अंक सहित तेस्रो स्थानमा छ । वेष्ट ह्याम समान खेलबाट २४ अंक सहित चौथो स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend