logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नौ लाखको चिनी र मोबिल बरामद

    नौ लाखको चिनी र मोबिल बरामद

    4.4K
    Shares

    बुटवल । रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका– ५ बाट अवैध सामान बरामद गरेको हो ।

    पश्चिम नवलपरासी सुस्ता गाउँपालिका – ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैधरुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

    उनका अनुसार बरामद भएको सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend