काठमाडौं । नेपाल राष्ट्र बैकंको इतिहासमा डा.निलम ढुगांना पहिलो महिला डेपुटी गभर्नर हुन् । वि.स.२०५४ मङसीर २२ गते सहायक अधिकृतको रुपमा नेपाल राष्ट्र बैकंको सेवामा प्रवेश गरेकी ढुगांनालाई त्यसपछि कहिल्यै पछाडी फर्केर हेर्नुपरेन ।
एकपछि अर्को अर्को सफलताका सिढीहरु चढ्दै गरेकी उनलाई ०७५ साल फागुन २५ गते बसेको नेपाल सरकार मन्त्रीपरिषद बैठकले डेपुटी गभर्नरमा नियुक्त गर्यो । पढाईमा सधैँ अब्बल र मेहनती डा.ढुगांना डेपुटी मात्र हैन पहिलो महिला गर्भनर बनेर अर्को इतिहास लेख्ने स्वर्णिम अवसरको पर्खाइमा समेत छन्। महिला भएर मात्र होईन हरेक प्रतिस्पर्धामा सबैलाई उछिनेर डेपुटी गर्भनर बनेकी डा.ढुंगानाका जीवनका भोगाई,तिनका अनुभव तथा उतार चढाव र सफलता लगायत जीवनका अनेकपाटाका बारेमा सुनौलो नेपालकी सम्पादक पार्वती पाण्डेयसँग गरेको कुराकानीको सम्पादीत अशं ।
नेपालकै पहिलो महिला डेपुटी गभर्नर बनेर कार्यभार सम्हाल्दा कस्तो लाग्यो, के सम्झिनुभयो ?
मैले मेहेनत गरेको थिए र मेहेनत अनुसार नै फल पाए । त्यसमा पनि पहिलो महिला डेपुटी गभर्नरको रुपमा चिनिन पाउँदा खुसी पनि लागेको थियो। तर त्यो भन्दा बढी आफ्नो जिम्मेवारीलाई सम्झिए । निश्चय त सहज थिएन । महिला भएको कारणले दोहोरो जिम्मेवारी हुने । परीवार छोराछोरी हेर्नुपर्ने, पढ्नुपर्ने, र यता राष्ट्र बैकंको जागिर पनि गर्नुपर्ने भएकोले सहज त थिएन त्यो मेहनतको फल चाहि अहिले पाए जस्तो लाग्छ ।
एउटा महिला भएर यो सफलता चुम्न कत्तिको सघंर्ष गर्नुपर्यो ?
मेरो बुवा जिल्ला शिक्षा कार्यलय झापामा कार्यरत हुनुहुन्थ्यो अनि आमा शिक्षक । त्यसैले हामीलाई पढनका समस्या भएन । घरमा गाईपालेका थियौं घरको काम सबै गर्थे, घास काट्ने, कुढो पकाउने, घर सरसफाई खाना बनाउने लगाएतका सवै कामहरु गर्थे ।
मैले सरकारी स्कुलमै पढेको हो । अग्रेजी राम्रो थिएन पछि सिकेर सुधारेको हो । मैले पढ्दा स्कुलमा केटि साथीहरु पनि थिए । तर अलि थोरै थिए । तर धेरैले पढाईलाई निरन्तरता दिन सकेनन् । कोही फेल हुन्थे र पढ्न छोडदिन्थे भने कोहीको सानै उमेरमा बिहे हुन्थ्यो । बिहे पछि उनीहरुले पढेको जसतो मलाई लाग्दैन ।
नेपाल राष्ट्र बैकंमा जागिर खाने सोच कसरी आयो ?
म यहाँ जागिरमा प्रवेश गर्नुभन्दा अघि मैले पोष्ट ग्राजुयट क्याम्पस विराटनगरमा एकाउण्ट विषय पढाउथे । मेरो श्रीमानले पनि अर्थशाश्त्र विषय पढाउनुहुथ्यो । त्यहाँ पढाउँदा विद्यार्थीहरुले ‘हजुरले त नेपाल राष्ट्र बैकंमा जागिर खानुपर्छ यहाँ भन्दा हजुरलाई त्यहाँ राम्रो छ’ भनेर मलाइ प्रोत्साहन गर्नुभयो । अनि उहाँहरुले नै मलाइ नेपाल राष्ट्र बैकंको फारम पनि किनेर ल्याईदिनुभयो ।
मलाई उहाँहरुले त्यति सम्म सहयोग गर्नुभयो । फारम पनि उहाँहरुले आफै किनेर ल्याईदिएपछि त मैले किन नभर्ने भनेर मैले फारम भरे जाँच दिनका लागि काठमाडौं पनि आए । काठमाडौं आईसकेपछि हाम्रो जनशक्ति व्यवस्थापन विभागको अगाडी एउटा सुचना टासेको रैछ, सरकार परिवर्तन भएकोले अहिलेलाई परिक्षा स्थगित भयो भनेर । अनि म आफन्तकोमा वस्न भनेर जावलाखेल जान भनि रत्नपार्कमा गाडि चढ्न गएकी थिए ।
त्यहाँको पेटीमा कितावहरु वेच्न राखेको रहेछ । नेपाल राष्ट्र बैकं प्रतियोगिता गाईड लेखेको किताब किनेर लगे त्यो पढेपछि थाहा भयो मैले तयारी गर्नुपर्ने धेरै रहेछ भनेर । अनि त्यतिवेलाको परिक्षा स्थगित हुन मेरो लागि राम्रो भयो । एक वर्ष तयारी राम्रो गर्न पाए । विहान क्याम्पस पढाउन जान्थे, दिउसोमा पढथे । एकाउण्ट शिक्षक भएकोले अन्य क्याम्पसमा पनि पार्ट टाईम मात्रै भएपनि पढाईदिन भनेर माग हुन्थ्यो र पार्ट टाईम पढाए पनि । यसरी नै एक वर्ष बित्यो अनि जाँच दिन काठमाडौं आए । जाचँ दिए, एकैचोटीमा नाम निस्क्यो । यसरी २०५४ सालमा म नेपाल राष्ट्र बैकंमा प्रवेश गरें ।
घरको सबै व्यवस्था मिलाएर अगाडी बढ्न कत्तिको सहज भयो ?
घरपरिवारको साथ सहयोग भएर घर परीवारले सहयोग गर्यो भने गाह्रो हुदैन । चुनौतिपुर्ण त अवह्य छ । सयुक्त परिवारमा बस्नु परेन । श्रीमानले सधै राम्रो सहयोग गर्नुभयो । श्रीमतीको उन्नती प्रगतिमा उहाँले सधै सकारात्मक सहयोग गर्नुभयो ।
जिवनमा कहिल्यै यदि म महिला नभईदिएको भए अझ सहज हुन्थ्यो, हिसांमा परेका तथा महिला भएकै कारण पछि हुनुपरेका त्यस्ता तिता क्षणहरु आए की आएनन ?
त्यस्तो क्षण निश्चय नै आउछ, जागिर खान भनेर महिला घर छोडेर हिडेपछि त्यस्तो क्षण हर महिलालाई आउँछ, मलाई पनि आयो । बालबच्चाको स्याहार शुसार एउटा आमाले जत्ति राम्रोसगँ अरुले गर्नै सक्दैनन, बच्चाहरुलाई हेर्नुपर्ने, अफिसमा स्तनपान कक्ष हुदैनथ्यो । दुध चुसाउन समस्या हुन्थयो ।
घर र अफिसको दुरी टाढा थियो । निरन्तर बच्चालाई दुध चुसाउन जान पनि नमिल्ने, घरपट्टि समय दिदाँ जागिरलाई पुरै समय दिन नसकेका र जागिरमा समय दिदाँ बालबच्चाको रेखदेखमा कमी भयो कि भन्नो लागिरहन्थ्यो ।
बिषेशगरी प्रशुतीको समयमा हर कामकाजी महिलालाई समस्या आउँछ । अर्को भनेको महिला हिसांका घटना । अझैपनि नेपाली समाजमा महिला हिसांका घटना निरनतर सुनीन्छन् । त्यस्ता आईपर्ने सक्ने जोखिमहरुलाई महिलाले बुद्धिमतापुर्वक आफ्नो अधिकार केहो भन्ने बुझेर पार पर्नेपर्छ जस्तो लाग्छ । मेरो आफ्नो कुरा गर्नुपदाँ बैकंमा जागिर गर्ने सबै शिक्षित नै हुन्छन् । त्यसैले पनि होला मैले त्यस्ता घटनाको सामना कहिल्यै गर्नुपरेन ।
महिला आत्मनिर्भर हुँदा केही सहज र नहुँदा अप्ठयारो हुन्छ भन्ने लाग्छ ?
म यसमा सय प्रतिशत नै सहमत छु । महिलाहरु सम्मानित हुने भनेकै स्वनिर्भरताले हो । मान्छेहरुले पैसालाई सम्मान गर्छन जब उनीहरु आर्थिक रुपमा स्वतन्त्र हुन्छन् तब सम्मान पनि छुट्टै किसीमको मिल्छ ।
महिलाहरुले आयआर्जन गरेको रमक खर्च गर्ने भनेको घर व्यवस्थापन, छोराछोरीको पालनपोषण शिक्षा नै महिलाहरुको पहिलो प्राथमिकता हुन्छ । महिलाको व्याक्तिगत आवश्यकता पुरा गर्दै घर चलाउन पनि श्रीमानलाई धरै सहयोग गरिरहेका छन् । त्यसैले महिला आर्थिक रुपमा आत्मनिर्भर हुन त अत्यन्तै जरुरी छ ।
बिहे पछि मात्रै बैकंमा प्रवेश गरेर आज नेपाल राष्ट्र बैकंको डेपुटी गभर्नर बन्नुभयो । तपाईले जस्तै बैकंमा करियर बनाउन चाहेका तर विहे पछि बालबच्चा हेरेर घरमै बसेका शिक्षित गृहिणीहरुलाई तपाई के भन्न चाहानुहुन्छ ?
यसमा मैले अघि पनि भने महिलालाई परिवारको सपोर्ट भएन भने चुनौति हुन्छ । चुनौति हुने भएरै महिलाहरु घरमा सिमित हुन्छन् । घर र अफिस दुई तिर नै ब्यालेन्स मिलाउन एकदमै चुनौति छ । घर र जागिर गर्ने महिलाले चुनौती भोग्नै पर्छ चुनौती हुदैन भन्ने कुरै हुदैन । पुरुषको तुलनामा महिलालाई फिजिकल र पारिवारिक दायित्वका कारण धेरै चुनौती छ । सबैभन्दा पहिला परिवारको हौसला र सपोर्ट हुनुपर्छ भन्छु मत । अनि बल्ल महिलाको मेहनत हो । घरमै बसेका शिक्षित महिलाहरुले मेहनत त गर्नुभयो तर परिवारले सपोर्ट गर्नुभएन र घरमा सिमित हुनुभयो । बैकंमा करियर बनाउन चाहाने महिलाले निरन्तर मेहनत गर्नुपर्यो, व्यवस्थापनको क्षेत्रमा अलि टाठो पनि हुनपर्छ । अनि धैर्यता पनि । अहिलेका मान्छेहरुको सबैभन्दा कमजारी पक्ष भनेको उनीहरुले धेर्य गर्न सक्दैनन् । जुन कुराको पनि तत्कालै प्रतिफल चाहान्छन् । त्यो सम्भव हुदैन र यदि पाईहालेपनि टिकाउ हुदैन ।
म नेपाल राष्ट्र बैकंमा प्रवेश गर्दा सुरुमा सहायक अधिकृतमा नाम निकालेर सेवामा प्रवेश गरे । सुरुमा प्रवेश गर्नका लागि खुल्ला प्रतिस्पर्धा भनिन्छ । अन्य तहमा बढुवा हुन आन्तरिक प्रतिस्पर्धा हुन्छ । हरेक तहमा बढुवा हुनका लागि परीक्षा दिएर पास भएरै बढुवा हुने हो । म पनि आन्तरिक परीक्षा दिएर पुरुष साथीहरुसगँ आन्तरिक खुल्ला प्रतिस्पर्धा गरेरै यहाँ सम्म आईपुगेको हो । म कहिपनि फेल पनि भईन र दोश्रो पटक परीक्षा पनि दिन परेन । मैले जिवनमा कहिँपनि कोटा तथा आरक्षणको फाईदा लिईन । हाम्रो पालामा आरक्षण कोटा थिएन र यदि भएको भए पनि म आरक्षण कोटाबाट नभै खुल्ला प्रतिस्पर्धाबाट नै लडने थिए ।
महिला आरक्षण राम्रो होइन भन्न खोज्नुभएको हो ?
सुरुमा कुनै सस्थामा प्रवेश गर्नका लागि त महिला आरक्षण कोटा ठिकै पनि हो तर बढुवामा भने आरक्षण लिनु राम्रो होईन जस्तो लाग्छ । किनभने माथिल्लो तहमा पुगेपछि त्यहाँ त आफुले काम गरेर देखाउन सक्नुपर्छ । मेहनत गर्ने बानी बसाल्नुपर्यो । प्रतिस्पर्धा गर्न सक्नुपर्यो
। आरक्षणले त्यो क्षमता दिदैन जस्तो लाग्छ । त्यसैले सधै आरक्षण खोजेर बस्नु हुदैन । अहिलेका महिलाहरु धेरै मात्रामा आउन थालेपछि महिला पुरुषको सङख्या बराबर हुन थालेपछि आरक्षण हटाएर खुल्ला प्रतिस्पर्धामै जानुपर्छ जस्तो लाग्छ । बरु शिक्षामा आरक्षण दिनुपर्छ ।