काठमाडौं । अभिनेता पल शाहले आफूमाथि नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले प्रहार गरिएको बताएका छन् । १७ वर्षीया एक गायिकाले बलात्कारको आरोपको लगाएर शुक्रबार प्रहरीमा उजुरी दिएपछि बिहीबार विहान आफ्नो फेसबुकमा शाहले आफूमाथि गम्भीर षड्यन्त्र भएको बताए ।
उनले आफूमाथि ती गायिकाले लगाएका आरोप गलत भएको दाबी गरेका छन्। केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिकाले आफूमाथि सुन्न नसकिने खालको कुराहरु गरेको शाहको भनाइ छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्योु , हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्योु साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो, उनले लेखेका छन् ।