logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • समिक्षाले किटानी जाहेरी दिएपछि पल शाहले मुछे दुर्गेश थापा देखि यी व्यक्तिको नाम

    समिक्षाले किटानी जाहेरी दिएपछि पल शाहले मुछे दुर्गेश थापा देखि यी व्यक्तिको नाम

    3.4K
    Shares

    काठमाडौँ – गायिका समीक्षा अधिकारीले नायक पूर्णबिक्रम शाह ‘पल शाह’लाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि पल शाहले आफ्नो धारणासंगै आफुलाई फसाउन गरिएका शृंखलाबद्द् योजनाका अडियो रेकर्ड सार्वजनिक गरेका छन् ।

    बिहिवार बिहान शाहले  आफूविरुद्ध भएको षड्यन्त्रको अडियोहरु दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाइँले आफुलाई फसाउन के के गरे भन्ने ६ वटा शृंखलाबद्ध प्लान १ देखि प्लान ६ सम्मका  अडियो सार्वजनिक गरेका छन्।  

    ति सबै अडियोहरु हामीले तपाईहरुलाई सुनाउने छौ तर त्यो भन्दा अगाडी उनले एउटा भाबुक लेख लेखेका छन्।  

    जसमा भनिएको छ।   ‘नमस्कार म पल शाह । म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु’, शाहले भनेका छन् ।

    ‘सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरू सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु’, शाहले भनेका छन् ।

    ‘केहि दिन अगाडि प्रसारित अडियो क्लिपमा गायिका समीक्षा अधिकारीद्वारा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप ममाथि लगाइएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले ममाथि प्रहार गरिएको छ’, उनले भनेका छन् ।

    ‘उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगायत बिभिन्न सुन्नै नसकिने कुराहरू भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठीक र के बेठीक भएको छ तपाईंहरू भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोल’, शाहले भनेका छन् ।

    ‘यदि म दोषी भए नेपालको कानून बमोजिम सजाय भोग्न तयार छु’, उनले भने, ‘जुन व्यक्तिहरूले गायिका समीक्षा अधिकारीलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ती व्यक्तिहरूको नाम यस प्रकार रहेको छ ।’

     

    pulll.JPG


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend