आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम छ: उपमहासचिव पौडेल

सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम छ: उपमहासचिव पौडेल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताएका हुन् ।

उनले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताए । उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताए । उनले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरु पनि कालो सूचि (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताए । उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताए ।

उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५÷७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend