काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीसँग प्रष्टीकरण सोधेको छ ।शनिबार आचारसंहिता विपरीत भृकुटीमण्डपमा आमसभा गरेको भन्दै उजुरी परेपछि आयोगले प्रष्टीकरण सोधेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार नेकपा एसलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न भनिएको छ ।