सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटारमा

प्रधानमन्त्री देउवालाई भेट्न विप्लव बालुवाटारमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीलाई चुनावमा सहभागी हुने वातावरण तयार गर्न विप्लव नेकपाले माग गर्दै आएको थियो । सोही विषयमा छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता जारी छ ।

भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend