
काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा भर्खरै बैठक सुरु भएको हो ।
बैठक स्थानीय तह निर्वाचनको घोषणा पत्र र गठबन्धनबीचको चुनावी तालमेलमा केन्द्रित हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसले केही दिन भित्रै स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने गरी त्यसको मस्यौदा तयार पारेको छ । सोही सोही मस्यौदाका सम्बन्धमा बैठकमा छलफल केन्द्रित हुने पार्टीका प्रवक्ता महतले बताए ।
नेपाली काँग्रेसले यस वर्ष पार्टी नेतृत्वको सरकारले गरेका काम र गर्ने कामबारे जनतालाई सशक्त ढंगले सुसूचित गराउने तयारी पनि गरेको छ । काम गर्ने तर प्रचार नगर्ने गरेका कारण विगतको निर्वाचनमा परिणाम आउन नसकेको कुरालाई बोध गर्दै यस वर्ष पार्टीले गरेको कामबारे जनतालाई सशक्त ढंगले जानकारी गराउन लागिपर्ने तयारी गरिएको पार्टी प्रवक्ता महतले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend