logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • फिलिपिन्स बाढीपहिरो: ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुग्यो

    फिलिपिन्स बाढीपहिरो: ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुग्यो

    6.8K
    Shares

    रासस/एएफपी । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जनाएका छन् । उद्धारकर्ताहरूले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीहरुले थप जानकारी दिएका छन् ।

    यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे सहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौं हजारलाई विस्थापित भएका छन् ।

    कैयौ मानिसहरू अझै हराइरहेका छन् । हराइरहेका ती मानिसहरु मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend