logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

    एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

    585
    Shares
    एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित

    भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्कर बहादुर खड्का निर्वाचित भएका छन् । पार्टीको शनिबार सम्पन्न नवौँ अधिवेशनले पूर्वअध्यक्ष शरणकुमार राईलाई पराजित गरी खड्का निर्वाचित भएका हुन् ।

    पार्टी उपाध्यक्षमा किरण राई, सचिवमा एक्सन राई, उपसचिव खुलातर्फ दौलथकुमार कुलुङ, उपसचिव महिलातर्फ रमादेवी राई विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि ८१ वटा वडाका छ सय आठ प्रतिनिधिमध्ये पाँच सय ७३ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि पाँच पदाधिकारी, पाँच खुला सदस्य र तीन खुला महिला सदस्यका लागि निर्वाचन भएको थियो ।

    खुला सदस्यमा इन्द्र थापा, रेवतीरमन थापा, बद्रीनाथ निरौला, राजेश कटुवाल, नवीन प्रधान तथा महिला सदस्यतर्फ आशादेवी राई, सुस्मिता राई र सङ्गीता कँडेल निर्वाचित भएका छन् । अधिवेशनले पदाधिकारीसहित ९० सदस्यीय कार्यसमिति चयन गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend